Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • इजरायलमा रहेका नेपालीको उद्धार, राहतको व्यवस्था मिलाउन अध्यक्ष तिमिल्सिनाको आग्रह

    इजरायलमा रहेका नेपालीको उद्धार, राहतको व्यवस्था मिलाउन अध्यक्ष तिमिल्सिनाको आग्रह

    अनलाइन नेपाल
  • सोमबार, २२ असोज २०८०
  • 735
    SHARES

    काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले इजरायल घटनाले आफू स्तब्ध भएको बताएका छन् । सोमबार विज्ञप्ति जारी गर्दै उनले प्यालेस्टाइनी अतिवादी समूह हमासको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेका हुन् ।

    उनले दिवंगत नेपाली विद्यार्थीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् ।



    “अतिवादी हमास समूहको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीहरूको दुःखद निधनको पीडादायी खबरले स्तब्ध बनायो । आक्रमणमा परी कैयौँ नेपाली घाइते हुनुभएको छ । शोकको यस घडीमा दिवंगत हुनुभएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु,” उनले विज्ञप्तिमा लेखेका छन् ।



    उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । इजरायलमा रहेका नेपालीको उद्धार, राहतको व्यवस्था मिलाउन अध्यक्ष तिमिल्सिनाले नेपाल सरकारसमक्ष आग्रह गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार