Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • इजराइललाई अमेरिकाले नयाँ सैन्य सहयोग दिने सम्भावना

    इजराइललाई अमेरिकाले नयाँ सैन्य सहयोग दिने सम्भावना

    अनलाइन नेपाल
  • सोमबार, २२ असोज २०८०
  • 744
    SHARES

    एजेन्सी । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले हमासको आक्रमणपछि इजराइलका लागि नयाँ सैन्य सहयोगको घोषणा गर्ने सम्भावना रहेको बताएका छन् ।

    अमेरिका इजराइलका लागि निकट सहयोगी र हातहतियारको प्रमुख आपूर्तिकर्ता हो । इजराइलले गरेको विशेष अतिरिक्त आग्रहलाई आफूहरुले हेरिरहेको अमेरिकी विदेशमन्त्री ब्लिङ्केनले बताए ।



    आक्रमणहरूको सामना गर्न यो क्षणमा इजराइललाई आवश्यक पर्ने सबै कुरा उपलब्ध गराउँछौँ भन्ने सुनिश्चित गर्नु राष्ट्रपति जो बाइडेनको निर्देशन रहेको पनि उनले उल्लेख गरे ।



    अस्ति शनिवार बिहान हमास विद्रोहीले इजरायलमा एक्कासी आक्रमण गरेपछि शुरु भएको युद्ध अहिले पनि चलिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार