Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इजरायलमा नेपालीको मृत्यु : शव पहिचान गर्ने कार्य अन्तिम चरणमा

काठमाडौं । इजरायल घटनामा मृत्यु भएका नेपालीको शव पहिचान गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरी मृतकहरूको शव पहिचानको गर्ने कार्य अन्तिम चरणमा रहेको जानकारी गराएको हो ।

शव पहिचान गरी तत्काल नेपाल ल्याउन र घाइतेको उद्धार र उपचारको प्रबन्ध गर्न इजरायल सरकारसमक्ष अनुरोध गरिसकेको छ ।

परराष्ट्र मन्त्रीको संयोजकत्वमा समन्वय संयन्त्रको गठन भएको र त्यसले इजरायलमा रहेका नेपाली नागरिकको संरक्षण र उद्धार गर्न आवश्यक पहल गरिरहेको विज्ञप्तिमा उल्लेख छ।

​हमासले शनिबार इजरायलमा गरेको आक्रमणमा १० जना नेपालीको मृत्यु भएको थियो । एकजना सम्पर्कविहीन छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077