Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • आजबाट खुला भयो दसैँका लागि अग्रिम टिकट बुकिङ, पुरानै भाडा कायम !

    आजबाट खुला भयो दसैँका लागि अग्रिम टिकट बुकिङ, पुरानै भाडा कायम !

    अनलाइन नेपाल
  • सोमबार, २२ असोज २०८०
  • 729
    SHARES

    फाइल तस्विर

    काठमाडौं । दसैँका लागि अग्रिम टिकट बुकिङ आजदेखि खुला हुँदैछ ।

    गत शुक्रबार सरकार र यातायात व्यवसायी राष्ट्रिय महासंघबीच छलफलमा सहमति भएपछि दसैँ सुरु हुन एक साता बाँकी हुँदा आजदेखि बुकिङ खुला गरिएको हो ।



    यसवर्ष दसैँको लागि भाडा वृद्धि नगरी पुरानै भाडामा टिकट बिक्री गर्न यातायात व्यवसायी सहमत भएका छन् ।



    गएको शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको छलफलमा व्यवसायी आजबाट दसैँका लागि टिकट बुकिङ खुलाउन सहमत भएका थिए।

    दसैँको अवधिमा काठमाडौं उपत्यकाबाट करिब २० लाखसम्म यात्रु बाहिरिने अनुमान छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार