Online Nepal
  • बुधबार, ६ चैत्र २०८१
  • हमासले इजरायलमा गरेको आक्रमणमा १० नेपाली मारिए, अधिकांश सुदूरपश्चिमका [नामसहित]

    हमासले इजरायलमा गरेको आक्रमणमा १० नेपाली मारिए, अधिकांश सुदूरपश्चिमका [नामसहित]

    अनलाइन नेपाल
  • आइतबार, २१ असोज २०८०
  • 1.9K
    SHARES

    काठमाडौं । प्यालेस्टाइनको इस्लामिस्ट समूह हमासले शनिबार इजरायलमाथि गरेको आक्रमणमा परी १० जना नेपालीहरू पनि मारिएका छन् । गाजा क्षेत्रको फार्ममा काम गर्ने नेपालीहरू मारिएको पुष्टि भएको हो । मारिएहरूमध्ये अधिकांश सुदूरपश्चिम प्रदेशका हुन् ।

    हमासले गरेको आक्रमणमा विशेष गरी सुदूरपश्चिम विश्वविद्यालयबाट प्रयोगात्मक अध्ययनका लागि गएका विद्यार्थीहरू परेको बताइएको छ ।



    इजरायलस्थित नेपाली राजदूतावासका अनुसार १० जना नेपालीको मृत्यु, दुईजना सुरक्षित अवस्थामा रहेको, चारजना अस्पतालमा उपचाररत र एकजनाको अवस्था अझै अज्ञात रहेका छन् । ज्यान गुमाउनेमा कैलालीको घोडाघोडी नगरपालिका–४ का नारायणप्रसाद न्यौपाने, कैलालीको बौनिया–३ का आशिष चौधरी, दार्चुलाको लेकम गाँउपालिका–५ का दिपेश विष्ट, बझाङको जयपृथ्वीनगरपालिका–६ का गणेश कुमार नेपाली, डोटीको पचनली–३ का राजन फुलारा, डोटीकै लमिखाल–८ का पदम थापा रहेका छन् ।

    यसैगरी सल्यानको सारदा–३ का प्रवेश भण्डारी, धनुषाका आनन्द साह, सुनसरीका राजेशकुमार स्वर्णकार रहेका छन् । यस्तै हमासको आक्रमणमा इजरायलमा हालसम्म ३ सय सर्वसाधारणको मृत्यु भइसकेको छ भने धेरै इजरायलीलाई बन्धक बनाइएका खबर सार्वजनिक भइरहेका छन् । शनिबार हमासले अचानक इजरायली सहरहरूमाथि जमिन र आकाशबाट आक्रमण गरेको थियो।

    हेर्नुहोस् नाम :

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार