Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

समाजमा दलाल पूँजीवाद हावी भयो, मुलुकबाट भ्रष्टचार अन्त्य हुन सक्दैन : झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले भ्रष्टाचारविरुद्ध सरकारले अघि सारेको अभियान प्रभावकारी हुन नसकेको टिप्पणी गरेका छन् ।

पार्टीको समाजवादी जागरण अभियानअन्र्तगत आइतबार बुटवलमा आयोजित कार्यक्रममा बोल्दै नेता खनालले यस्तो बताएका हुन् ।

उनले सुशासन र भ्रष्टाचारविरुद्ध सरकारले अभियान सुरु गरेपछि विभिन्न प्रकरणहरु बीचैमा तुहिएकाले सरकारको अभियान प्रभावकारी हुन नसकेको बताए ।

सुन तस्करी प्रकरणमा पनि मुख्य मान्छे नभएर भरियामात्रै समातिएको जिकिर गर्दै उनले समाजमा दलाल पूँजीवाद हावी भएका कारण चाहेर पनि मुलुकबाट भ्रष्टचार अन्त्य हुन नसक्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077