Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सेवाग्राहीसँग १४ हजार घुस लिने प्रधानाध्यापकविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्दियाको सरस्वती बाल प्राथमिक विद्यालय शंकरपुरका प्रधानाध्यापकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले बर्दियाको राजापुर नगरपालिका-७ स्थित श्री सरस्वती बाल प्राथमिक विद्यालय शंकरपुरका प्रधानाध्यापक लक्ष्मीदेवी उपाध्यायविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

घुस लिएको आरोपमा उपाध्यायविरुद्ध आइतवार विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले बताए ।

आयोगका प्रवक्ता दाहालका अनुसार उनले सेवाग्राहीसँग १४ हजार ५ सय रुपैयाँ घुस लिएका थिए ।

अख्तियारको टोलीले उनलाई गत भदौ २६ गते घुस रकम लिइसकेको अवस्थामा रंगेहात पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077