Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेप्सेमा ३५ अंकको गिरावट, १ अर्ब ८० करोडको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर कारोबार परिसूचक नेप्से करिब साढे ३५ अंकले घटेको छ ।

आइतबार बजार खुलेदेखि नै घट्न थालेको नेप्से अन्तिमसम्म ३६.६७ अंकले घटेर १ हजार ९ सय २१.२४ विन्दुमा ओर्लेको हो ।

आइतबार ५९ हजार १ सय ७१ कारोबारबाट ५८ लाख १५ हजार १८९ कित्ता सेयर किनबेच भएको छ । उक्त किनबेचबाट १ अर्ब ८० करोड रुपैयाँ बराबर सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम भने बढेको हो ।

गत बिहीबार सेयर बजारमा १ अर्ब १० करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो । आइतबार कारोबारमा आएकामध्ये २१३ वटा कम्पनीको सेयर मूल्य बढेको छ । १६ वटा कम्पनीको घट्यो भने ४ वटाको सेयर मूल्य स्थिर छ ।

नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जामा १२ करोड रुपैयाँको सीमा बढाएर १५ करोड रुपैयाँ बनाएको भए पनि सेयर बजारमा भने नकारात्मक प्रभाव देखिएको छ ।

गत बिहीबार नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेको एकीकृत निर्देशनमा संशोधन गर्दै मार्जिन प्रकृतिको सेयर धितो कर्जामा रहेको १२ करोडको सीमा बढाएर व्यक्तिगत लगानीकर्तालाई १५ करोड र संस्थागत लगानीकर्तालाई २० करोडको सीमा तोकेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077