काठमाडौं । पराष्ट्रमन्त्री एनपी साउद र नेपालका लागि इजरायली राजदूत हनान गोडरबीच भेटवार्ता भएको छ ।
परराष्ट्रमन्त्री साउदले इजरायली राजदूत गोडरसँग मन्त्रालयमा आइतबार छलफल गरेका हुन् ।
उनीहरूबीच इजरायलमा हमासले गरेको आक्रमण पछिका अवस्थाबारे कुराकानी भएको छ ।
परराष्ट्र मन्त्री साउदले इजरायलको हालको अवस्था, इजरायलमा रहेका नेपालीको सुरक्षा, आक्रमणमा परेका नेपालीको उपचार र उद्धारबारे राजदूतसँग कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
राजदूत गोडरले इजरायली सरकारका तर्फबाट नेपालीको सुरक्षा, घाइतेको उपचार र उद्धारमा पूर्ण प्रयास रहने प्रतिबद्धता जनाएका थिए।
उनले इजरायलको कठीन समयमा नेपालले व्यक्त गरेको सहानुभूतिप्रति सरकारलाई धन्यवादसमेत दिएका छन्।
Leave a Reply