Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इजरायल आक्रमण : कम्तीमा २३२ को मृत्यु, तीन नेपाली सम्पर्कविहीन

एजेन्सी । इजरायलमा हमास विद्रोही समूहको आक्रमणपछि सरकारी फौजले गरेको प्रतिकारमा कम्तिमा पनि २३२ जनाको मृत्यु भएको छ।

त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार दुबै पक्षको आक्रमणमा परेर १६ सय भन्दा धेरै घाइते छन् । शनिबार बिहान हमास सेनाले गरेको घातक हमलापछि इजरायलको अवस्था तनावग्रस्त बनेको छ।

विद्रोही सेनाको आक्रमणपछि सरकारी फौजले गाजाको प्यालेस्टिनी एन्क्लेभमा प्रतिकार गर्दा कम्तिमा २३२ जनाको मृत्यु र १६ सय भन्दा धेरै घाइते भएका हुन्।

आक्रमणपछि तीन नेपाली सम्पर्कविहीन भएका छन् । घटनामा नौ नेपाली घाइते भएका छन्। जसमा दुई जनाको अवस्था गम्भीर छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077