Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमाले सुदूरपश्चिम प्रदेश अधिवेशनमा भीम रावललाई 'वाईपास', निमन्त्रणासमेत गरिएन !

कैलाली । नेकपा एमाले सुदूरपश्चिम प्रदेशको पहिलो प्रदेश अधिवेशन आइतबारबाट सुरु हुँदैछ । शनिबार यहाँ आयोजित पत्रकार सम्मेलनमा पनि प्रथम प्रदेश अधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी गराइयो । अधिवेशनको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले गर्दैछन् ।

तर नेता भीम रावललाई भने अधिवेशनमा नबोलाइएको खुलेको छ । शनिबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा पार्टी सचिव तथा प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले अधिवेशनमा एमालेका पूर्व उपाध्यक्षसमेत रहेका नेता रावलको नबोलाइएको जानकारी दिए । नेता रावललाई आफ्नै प्रदेशको अधिवेशनमा पनि खबरै नगरिएको हो ।

नेता रावल अछाम जिल्लाबाट पटक–पटक सांसद बनेका व्यक्ति हुन् । उनैलाई पार्टीले अधिवेशनमा समेत आमन्त्रण नगरेको पाइएको छ । तर यता प्रदेश इन्चार्ज विश्वकर्माले भीम रावल केन्द्रिय नेता भएको र उनको प्रदेश, जिल्ला तथा वडामा चासो नहुने बताए ।

उनले भने ‘प्रदेश अधिवेशनमा प्रतिनिधिहरुलेनै पदाधिकारी तथा सदस्य चयन गर्छन् । यसमा कुनै नेताको हस्तक्षेप हुँदैन् । भीम रावल केन्द्रिय नेता हुन । केन्द्रिय पदाधिकारी तथा सदस्य चयनमा उहाँको चासो हुन्छ । प्रदेश, जिल्ला तथा वडामा उनको चासो छैन् ।’

प्रदेशमा हुन लागेको अधिवेशनमा प्रदेश सचिव तथा कर्णाली इन्चार्ज लेखराज भट्ट रनेता कर्ण थापा लगायतलाई आमन्त्रण गरिएपनि नेता रावललाई भने कुनै जानकारी समेत गराइएको छैन् । नेता रावल चितवनमा भएको दशौं अधिवेशनमा केन्द्रिय अध्यक्षमा पराजित भएका थिए । त्यसयता पार्टीभित्र उनी कुनै पनि जिम्मेवारीमा छैनन् । उनको अध्यक्ष ओलीसँग अझै राम्रोसँग बोचाल छैन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077