Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

हमासले इजरायलमाथि गरेको आक्रमणमा ९ जना नेपाली घाइते

काठमाडौं । इजरायलमा हमास आक्रमणमा परी ९ जना नेपाली घाइते भएका छन् ।

तेल अविवस्थित नेपाली दूतावासका अनुसार घाइते हुनेमा नेपाली विद्यार्थीहरू रहेका हुन् । घाइते हुनेहरूको विवरण संकलन गर्ने काम भइरहेको दूतावासले जनाएको छ ।

दक्षिणी इजरायलको अलुमिन किबुजस्थित एक कृषि फार्ममा कार्यरत उनीहरू घाइते भएको बताइएको छ । शनिबार विहानदेखि हमासले रकेट आक्रमण गर्दा हालसम्म ४० जनाको मृत्यु भएको छ भने ७४० जना घाइते छन् ।

यो पछिल्ला वर्षहरूमा हमासले इजरायलमाथि गरेको सबैभन्दा ठूलो आक्रमण हो। अहिले गाजाका विभिन्न स्थानमा हमास लडाकु र इजरायली सैनिकबीच भिडन्त भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077