सल्यान । सल्यानमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका ६ कि सुमित्रा सुनार र सल्यान त्रिवेणी गाउँपालिका ६ कि अनिता बोहरा रहेका छन् । दुवैको घटनास्थलमै मृत्यु भएको सल्यान प्रहरीले जनाएको छ ।
दाङको तुलसीपुरबाट सल्यानको जयचौर जाँदै गरेको ना ६ ख ५४६३ नम्बरको यात्रुबाहक बस राप्ती राजमार्गअन्तर्गत कपुरकोट गाउँपालिका ३ मुलपानीस्थित वनस्पति कार्यालय नजिकै दुर्घटना भएको हो ।
दुर्घटनामा चालकसहित ५ जना गम्भीर घाइते भएको छन् र घाइतेहरुलाई थप उपचारका लागि दाङको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पठाइएको छ ।
बस सडकदेखि करिब ५५ मिटर तल खसेको छ । गाडीलाई साइड दिने क्रममा जमिन भासिएपछि बस दुर्घटनामा परेको थियो ।
Leave a Reply