Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सच्चिन नसक्ने भए प्रचण्डलाई सरकार छाड्न कांग्रेस नेता कोइरालाको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई सरकार छाड्न आग्रह गरेका छन् ।

नेपाली कांग्रेस गोरखाको शहीद लगन–काठमाडौं गाउँ सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता कोइरालाले सच्चिन नसक्ने भए सरकार छोड्नु पर्ने बताएका हुन्।

उनले अब कांग्रेसकै नेतृत्वमा सरकार बन्नुपर्ने बताए । उनले पार्टी सभापति शेरबहादुर देउवासँग विवाद नभएको तर विधिसम्मत हिंड्नु पर्ने बताए ।

नेता कोइरालाले भने,‘विराटनगर गएर २०८४ मा माओवादीलाई जिताउनुस्,म जातीय राज्य दिन्छु भने । के प्रधानमन्त्रीले खल्तिबाट जातीय राज्य निकालेर दिने हो रु उहाँले पहिलो संविधान सभामा जातीय राज्य दिएको होइन रु उहाँले चाहदैमा हुँदैन र यो देश जातीय,धार्मिक र साम्प्रदायिक हिसाबले मिलेको देशलाई भाँड्ने अराजक कुरा गर्न मिल्दैन ।’

नेता कोइरालाले प्रधानमन्त्री प्रचण्डले चाहदैमा नेपालमा जातीय राज्य सम्भव नहुने बताए। उनले सडकमा लाखौं मान्छे उतार्छु भनेर प्रधानमन्त्रीले कसलाई धम्की दिएको भनि प्रश्न समेत गरे । कोइरालाले कांग्रेसको समर्थनमा बनेका प्रधानमन्त्री यस्तो अराजक बनेपछि उनलाई किन मान्ने भन्ने प्रश्न समेत गरे ।

उनले देश अराजकतातिर गइरहेको भन्दै कुनै पनि तरिकाले देश ठीक ढंगले नचलेको बताए । प्रत्यक्षमै समावेशी आरक्षण सुनिश्चित गरेर समानुपातिकको व्यवस्था हटाउनु पर्ने उनको भनाइ छ । राष्ट्रिय सभालाई पूर्ण समावेशी र प्रतिनिधि सभा २४० सदस्यीय प्रत्यक्ष निर्वाचित हुनुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077