Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

९० लाख अकुत सम्पत्ति आर्जन गर्ने सिनियर अहेव कोइरालाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्याङजाको चापाकोट नगरपालिकाकी सिनियर अहेवविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले अहेव बिन्दु कोईरालाविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारले अहेव कोईराला उपर ९० लाख ३९ हजार ६२० रुपैयाँ बिगो कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको छ ।

भ्रष्टाचार गरी रानाभाटले गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्ने उजुरीका आधारमा अनुसन्धान गर्दा उनले सार्वजनिक सेवामा स्थायी नियुक्ति लिएको २०५४ कार्तिक ५ गतेदेखि २०७८ मंसिर २१ गतेसम्मको आम्दानी र खर्चको हिसाब गर्दा भ्रष्टाचार गरेको पाइएको अख्तियारका प्रवक्ता भोला दाहालले बताए ।

अहेव कोईरालाले जाँच अवधिको बेला गरेको खर्च, लगानी तथा सम्पत्ति आर्जनमा ९० लाख ३९ हजार ६२० रुपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको साथै उनी र उनका परिवारलेसमेत अमिल्दो र हैसियतभन्दा बढी रकम बराबरको आफ्नो र परिवारको नाममा विभिन्न कम्पनीको शेयर खरिद, जग्गा खरिद,घर निर्माण तथा विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा रकम जम्मा गरेको देखिएको अख्तियारले जनाएको छ।कोइरालाले गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरीका आधारमा आयोगले अनुसन्धान शुरू गरेको थियो ।

अनुसन्धानका क्रममा सार्वजनिक सेवामा नियुक्ति पाएको मिति २०५४ कात्तिक ५ गतेदेखि २०७८ मंसिर २१ गतेसम्म उनको आय २ करोड ९७ लाख ८१ हजार ८०२ रुपैयाँ रहेको पाइएको थियो । त्यस्तै सोही अवधिमा उनले ३ करोड ८८ लाख २१ हजार ४२२ रुपैयाँ खर्च तथा लगानी गरेको देखिएको आयोगका प्रवक्ता दाहालले बताए ।

कोइरालालाई सोही रकम बराबर विगो कायम गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २० को उपदफा (२) बमोजिम कैद सजाय हुन र स्रोत नखुलेको सम्पत्तीबाट जफत/असुल गर्न माग दावी गरिएको छ। साथै कोइरालाको श्रीमती गीता कोइरालाको नाममा बैंक खातामा रहेको स्रोत नखुलेको रकम पनि जफत गर्न माग गरिएको अख्तियारले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077