Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • भूकम्प प्रभावितको स्थिति बुझ्न बझाङ पुगे प्रधानमन्त्री प्रचण्ड

    भूकम्प प्रभावितको स्थिति बुझ्न बझाङ पुगे प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • शुक्रबार, १९ असोज २०८०
  • 459
    SHARES

    धनगढी । भूकम्पले बढी क्षति पुर्‍याएका स्थानको अवलोकन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बझाङ पुगेका छन् ।

    प्रधानमन्त्री प्रचण्ड नेपाली सेनाको हेलिकप्टरबाट बझाङको भोपुर ब्यारेकमा अवतरण गरेका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले भूकम्पले बढी क्षति गरेका स्थानको अवलोकन गर्ने र जिल्ला विपद व्यवस्थापन समितिसँग अन्तर्क्रिया गर्ने लगायत कार्यक्रम निर्धारण गरिएको छ ।



    बझाङको तलकोट र चैनपुर आसपास केन्द्रबिन्दु भएर यही असोज १६ गते गएको भूकम्प र त्यसपछिका परकम्पले जिल्लामा क्षति गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार