चितवन । अर्थमन्त्री डा.प्रकाशशरण महतले देशको अर्थतन्त्र सकारात्मक रुपमा अगाडी बढेको बताएका छन् ।
भरतपुर विमानस्थलमा बोल्दै अर्थमन्त्री महतले यस्तो बताएका हुन् । अर्थमन्त्री महतले बजारमा हल्ला भएजस्तो अर्थतन्त्र डामाडोल नभएको बताए।
उनले अर्थतन्त्रमा आएको सिथिलतालाई समाप्त पारेर गति दिन सरकार लागिरहेको बताए।
अर्थमन्त्री महतले भने, ‘निर्माण व्यवसायीको गत असारसम्मको रकम तिर्ने तयारी भएको छ। बाहिर मिडियामा भनेजस्तो ठूलो रकम नभई अब ६/७ अर्व मात्रै बाकी छ।’
अर्थमन्त्री महतले सम्बन्धित मन्त्रालयलाई यर्थाथ विवरण पेश गर्न निर्देशन दिएको बताए। राष्ट्रबैकले जारी गरेको मौद्रिक नीतिले अर्थतन्त्र सहज बनाउन भूमिका खेल्ने अर्थमन्त्रीले दाबी गरे।
उनले अनावश्यक क्षेत्रमा लगानी नगरी उत्पादनमूलक क्षेत्रमा लगानी गर्न व्यवसायीलाई आग्रह गरेका छन्।
मन्त्री महतले महाभूकम्प, कोभिड महामारीदेखि विश्वमा आएको आर्थिक सङ्कटले देशको अर्थतन्त्रमा केही समस्या आएको जनाउँदै हाल अर्थतन्त्र सुधारको दिशामा अघि बढेको बताए ।
Leave a Reply