Online Nepal
  • मंगलबार, ५ चैत्र २०८१
  • राजा शब्द संसदको रेकर्डबाट हटाउन माओवादी सांसद दाहालको माग

    राजा शब्द संसदको रेकर्डबाट हटाउन माओवादी सांसद दाहालको माग

    अनलाइन नेपाल
  • शुक्रबार, १९ असोज २०८०
  • 810
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले राजा शब्द संसदीय रेकर्डबाट हटाउन माग राखेका छन् ।

    प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद दाहालले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले राजा शब्द प्रयोग गरेको भन्दै संसदको रेकर्डबाट हटाउन माग गरेका हुन् ।



    बैठकमा बोल्दै राप्रपा अध्यक्ष लिङ्देनले पूर्व राजा ज्ञानेन्द्र शाहलाई राजा भनेर सम्बोधन गरेका थिए ।

    सांसद दाहालले भने,‘भर्खरै एकजना माननीयज्यूले राजा भन्ने शब्द प्रयोग गर्नुभयो यो सम्मानित सदनमा । यो संघीय गणतन्त्रात्मक मुलुक हो । तसर्थ यो राजा भन्ने शब्द संसदको रेकर्डबाट हटाइयोस् भन्ने माग राख्न चाहन्छु ।’

    सांसद दाहालले नेपालको संविधानले राजा नचिन्ने बताए ।  लिङ्देन लगत्तै बोलेका माओवादी सांसद दाहालले राजा शब्दलाई संविधानले नचिन्ने भन्दै संसदको रेकर्डबाट हटाउन माग गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार