Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित क्षेत्र बझाङ प्रस्थान

    प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित क्षेत्र बझाङ प्रस्थान

    अनलाइन नेपाल
  • शुक्रबार, १९ असोज २०८०
  • 747
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूकम्प प्रभावित क्षेत्र अवलोकन गर्न बझाङ प्रस्थान गरेका छन्।

    प्रधानमन्त्री प्रचण्ड नेपाली सेनाको हेलिकोप्टरबाट केही समयअघि बझाङ प्रस्थान गरेका हुन् ।



    उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ,विपद् व्यवस्थापन प्राधिकरका प्रमुख अनिल पोखरेल पनि प्रधानमन्त्रीसँगै बझाङ गएका छन्।



    बझाङमा भूकम्पले पुर्‍याएको क्षति अवलोकन गर्नेछन्। प्रधानमन्त्री दाहालले बझाङ भूकम्प पीडितलाई राहत दिने प्रक्रिया तत्कालै सुरु हुने बताएका छन् ।

    सिंहदरबारमा बिहीबार विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन परिषदको बैठकमा उनले प्रभावित नागरिकलाई राहतका साथै क्षति भएका संरचनाको पुनर्निर्माणको प्रक्रिया अघि बढाइने बताएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार