Online Nepal
  • आइतबार, ४ कार्तिक २०८१
  • नेपाल घुम्न आएका अमेरिकी पर्यटकको भिरबाट लडेर मृत्यु

    नेपाल घुम्न आएका अमेरिकी पर्यटकको भिरबाट लडेर मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, १९ असोज २०८०
  • 786
    SHARES

    फाइल तस्विर

    मनाङ । नेपाल घुम्न आएका १ जना अमेरिकी पर्यटकको मनाङमा भिरबाट लडेर मृत्यु भएको छ।

    अमेरिकी नागरिक ६९ वर्षीय चार्ल्स केथ डेभिजको मनाङको खोत्रे डाँडामा लडेर मृत्यु भएको हो।



    डेभिज श्रीमती वेथ एन फोड्रियत, पथप्रदर्शक, चालक र पोटरसहित बा ६च ७५६ नम्बरको गाडीमा लमजुङबाट मनाङ सदरमुकाम चामे आउँदै गरेका थिए।



    बेँसीसहर–चामे सडकखण्डअन्तर्गत मनाङको नासों गाउँपालिका–३ खोत्रोडाँडाबाट सडकमा झरेको ढुङ्गा पन्छाउने क्रममा उनी सडकबाट करिब १०० मिटर तल मर्स्याङ्दी नदी किनारमा खसेका हुन् ।

    जिल्ला प्रहरी कार्यालय मनाङ र इलाका प्रहरी कार्यालय धारापानीबाट खटिएको प्रहरी टोलीले उनको राति नै उद्धार गरी उपचारका लागि मनाङ जिल्ला अस्पताल चामे ल्याएको थियो। डेभिजको उपचारकै क्रममा बिहीबार बिहान मृत्यु भएकोहो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार