काठमाडौं । गोली लागेर घाइते भएकी नेपाल प्रहरीका पूर्वमहानिरीक्षक धुव्रबहादुर प्रधानको निजी सुरक्षा अधिकृतकी श्रीमतीको मृत्यु भएको छ ।
सहायक निरीक्षक (असई) लक्ष्मण चौधरीकी श्रीमती शर्मिला चौधरीको नेपाल प्रहरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
काठमाडौं प्रहरी परिसर स्रोतका अनुसार शुक्रबार बिहान चौधरीको मृत्यु भएको हो । उनी यही असोज १० गते पति लक्ष्मणको पेस्तोलको गोली लागेको अवस्थामा निवासमै घाइते अवस्थामा फेला परेकी थिइन् ।
असई चौधरी घरमा नभएका बेला पत्नी शर्मिलाले आफैंलाई गोली हानेको आशंका गरिएको थियो । सो घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
Leave a Reply