Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रूसी आक्रमणमा परी पूर्वी युक्रेनमा ५१ जनाको मृत्यु

एजेन्सी । युक्रेनको पूर्वी गाउँमा बिहीबार भएको रूसी आक्रमणमा परी कम्तीमा ५१ जनाको मृत्यु भएको छ । युक्रेनी प्रहरीले सार्वजनिक गरेको फुटेजमा ग्रोजा गाउँमा ठूलो मात्रामा धुवाँको मुस्लो देखिएको भग्नावशेषबाट कैयौँ मृत शरीरलाई उद्धारकर्मीले लगेको देखिएको छ ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आक्रमणमा मारिएका व्यक्तिप्रति सम्मान व्यक्त गर्दै शवमाथि घुँडा टेकेर खिचिएको तस्बिर पोस्ट गरेका छन् ।

उत्तरपूर्वी क्षेत्र, जहाँ हाल कूल ३३० जना जनसङ्ख्या रहेको छ, मा रहेको उक्त गाउँमा शोक व्यक्त गर्नेहरू एक क्याफेमा थिए र सोही भवनको एउटा पसलमा मृतकका आफन्तहरू थिए ।

गृहमन्त्री इगोर क्लाइमेन्कोले राष्ट्रिय टेलिभिजनलाई सम्बोधन गर्दै भनेका छन्, “एक जना मृतक गाउँलेको सम्झनामा श्रद्धाञ्जलि सभा आयोजना गरिएको स्थानमा आक्रमण भएको छ ।”

उनका अनुसार ६० जनाको सहभागिता रहेको कार्यक्रममा मृत्यु हुनेमा एक ६ वर्षीय बालकदेखि विभिन्न उमेर समूहका मानिस रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077