Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

शहीदको सम्मानका लागि बिदा दिने कुरा गलत, काम गरेर देखाउनु पर्छ : प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले शहीदको सम्मानका लागि बिदा दिने कुरा ठिक नभएको बताएका छन् ।

बिहीबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद पौडेलले सो कुरा बताएका हुन् ।

उनले मानिसलाई युद्धमा ल्याउने नेतृत्वले उनीहरुको परिवार र देशका लागि काम गरेर देखाए मात्रै उनीहरुप्रतिको सम्मान हुने बताए ।

सत्तामा बस्ने जनताका निम्ति कुनै काम नगर्ने र कुनै दिन बिदा दिएर शहीदलाई सम्झने कुरा गलत भएको उनको जिकिर छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077