Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • रक्षामन्त्री खड्का र बेलायती राजदूत फेनबीच शिष्टाचार भेट

    रक्षामन्त्री खड्का र बेलायती राजदूत फेनबीच शिष्टाचार भेट

    अनलाइन नेपाल
  • बिहिबार, १८ असोज २०८०
  • 963
    SHARES

    काठमाडौं । रक्षामन्त्री पूर्णबहादुर खड्का र नेपालका लागि बेलायतका आवासीय राजदूत रोब फेनबीच भेटवार्ता भएको छ ।

    रक्षामन्त्री खड्का र राजदूत फेनबीच रक्षा मन्त्रालयमा बिहीबार भेटवार्ता भएको हो ।



    भेटमा नेपाल र बेलायतबीच रहिआएको मैत्रीपूर्ण सम्बन्धलाई आगामी दिनमा अझ प्रगाढ बनाउँदै द्विपक्षीय हितलाई थप प्रवर्द्धन गर्ने क्रममा विषयमा छलफल भएको छ ।



    रक्षामन्त्री खड्कालाई नवनियुक्त राजदूत फेनलाई स्वागत गर्दै बेलायत र नेपालबीच सरकारी स्तरमा मात्र नभइ जनस्तरमा समेत घनिष्ठ र सोहार्दपूर्ण सम्बन्ध रहेको बताएका थिए ।

    रक्षामन्त्री खड्काले नेपाल बसाइको क्रममा दुई देशबीचको सम्बन्धलाई थप फराकिलो बनाउँदै नयाँ उचाइमा पुर्याउन सहायोग पुग्ने विश्वास व्यक्त गरे ।

    त्यस्तै, राजदूत फेनले दुई देशबीच मैत्रीपूर्ण सम्बन्ध कायम भएको सय वर्ष पूरा भएको र यसबीचमा दुई देशको सम्बन्धले नयाँ उचाइ लिएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार