Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कारको ठक्करबाट भक्तपुरमा एक जनाको मृत्यु

काठमाडौं । भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा कारको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ।

दुर्घटनामा मध्यपुर थिमि नगरपालिका-९ राधेराधेका ५८ वर्षीय योगराज बराल गम्भीर घाइते भएका थिए। उपचारका क्रममा बरालको आज बिहान करिब ७ बजे भक्तपुर अस्पतालमा मृत्यु भएको हो ।

पुरानो थिमी जाँदै गरेको बागमती प्रदेश ०२-०४१प ३३१९ नम्बरको मोटरसाइकल र राधेराधे जाँदै गरेको बा ५ च. २०४९ नम्बरको कार जुधेको थियो।

कार अनियन्त्रित भई पैदल यात्रीलाई ठक्कर दिएको भक्तपुर प्रहरी परिसरले जनाएको छ । मोटरसाइकल चालक चाँगुनारायण नगरपालिका वडा नम्बर २ दुवाकोटका २० वर्षीय मिलन कार्की सामान्य घाइते भएका छन्।

उनी उपचारपछि डिस्चार्ज भइसकेका छन्। कार्की र कार चालक मध्यपुरथिमी नगरपालिका वडा नम्बर ६ का २९ वर्षीय अनुज प्रजापतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077