काठमाडौं । व्यक्ति हत्यामा दोषी ठहर भई सर्वस्वसहित जन्मकैदको सजाय पाएका योगराज ढकाल ‘रिगल’लाई सरकारले दिएको कैद मिनाहाविरुद्ध भारती मानन्धरले आज पनि अनशन जारी राखेकी छन् ।
श्रीमान चेतन मानन्धरलाई न्यायको माग गर्दै बुधबारदेख भारतीले काठमाडौंको माइतीघरमा अनशन थालेकी हुन्।
संविधान दिवसको अवसर पारेर पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ढकालसहित ६ सय ७० जनालाई आममाफी दिएका थिए ।
भारतीले रिगललाई कैद सयजा मिनाह दिने राष्ट्रपतिको निर्णयविरुद्ध आइतबार सर्वोच्च अदालतमा रिट समेत दिएकी छन्। रिटमाथि सुनुवाइका सोमबार र मंगलबार पेशी तोकिएपनि हेर्न नभ्याइने सूचीमा राखिएको थियो।
बुधबार अनशनस्थलबाटै सर्वोच्च पुगकी भारती तारेख बुझेर फर्किने क्रममा अदालत परिसरमै ढलेकी थिइन्।
Leave a Reply