Online Nepal
  • शुक्रबार, ११ असोज २०८१
  • प्रधानमन्त्रीले बोलाएको विपद् जोखिम न्यूनीकरण परिषद्को बैठक सिंहदरबारमा जारी

    प्रधानमन्त्रीले बोलाएको विपद् जोखिम न्यूनीकरण परिषद्को बैठक सिंहदरबारमा जारी

    बझाङ भूकम्पबारे निर्णय हुने

    अनलाइन नेपाल
  • बिहिबार, १८ असोज २०८०
  • 837
    SHARES

    काठमाडौं । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक जारी छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सिंहदरबारमा परिषद्को १२औँ बैठक बसेको हो ।

    बझाङ भूकम्प र पीडित नागरिकको उद्धार, राहत र व्यवस्थापनका विषयमा बैठकमा छलफल गरिने बताइएको छ ।



    प्रधानमन्त्री दाहालले बझाङका जनप्रतिनिधि र राजनीतिक दलका नेता बोलाएर भूकम्पबाट भएको क्षतिका बारेमा जानकारीसमेत लिइसकेका छन् ।



    मङ्गलबार अपराह्न तीन बजेर ६ मिनुटमा बझाङ केन्द्रबिन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पबाट बझाङमा एक जनाको मृत्यु भएको छ भने केही घाइते भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार