Online Nepal
  • मंगलबार, ८ असोज २०८१
  • कात्तिक १ गतेदेखि कैदी जेल बाहिरै बस्न पाउने

    कात्तिक १ गतेदेखि कैदी जेल बाहिरै बस्न पाउने

    अनलाइन नेपाल
  • बुधबार, १७ असोज २०८०
  • 5.6K
    SHARES

    फाइल फोटो

    काठमाडौं । कात्तिक १ गतेबाट निश्चित कैदीहरुले जेल बाहिरै बसेर कैद भुक्तानी गर्न पाउने भएका छन् ।

    फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा १ को उपदफा २ अनुसार ऐनका दुईवटा दफा कात्तिक १ गतेदेखि कार्यान्वयन गर्ने निर्णय सरकारले गरेको हो । अब दुई तिहाइ सजाय भुक्तान गरेका कैदीहरुले जेल बाहिर जीवनयापन गर्न पाउने छन् ।



    उक्त ऐन २०७५ भदौ १ गतेदेखि लागू भए पनि त्यसका केही दफा सरकारले निर्णय गरेको दिनदेखि कार्यान्वयन हुने व्यवस्था छ।त्यही व्यवस्थाअनुसार सरकारले ऐनको दफा २९ ले दिएको प्यारोल सुविधा आउँदो कात्तिक १ गतेदेखि कार्यान्वयन गर्ने भएको हो।



    ‘प्यारोल सुविधा’ भनेको एक वर्षभन्दा बढी कैद सजाय पाई दुई तिहाए सजाय भोगिसकेका असल चालचलन भएका कैदीलाई जेल बाहिर बस्न पाउन दिने सुविधा हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार