काठमाडौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरस नेपाल भ्रमणमा आउने भएका छन् ।
तीन दिन नेपालमा रहने गुटेरसले शान्ति प्रक्रियाका विषयसहित जलवायु परिवर्तन र अति कम विकसित देशका विषयमा छलफल गर्नेछन् ।
गुटेरसको भ्रमण यही अक्टोबर महिनाभित्र हुने भए पनि मिति यकिन भएको छैन । यसअघि सन् २००८ को अक्टोबरमा संयुक्त राष्ट्रसङ्घका तत्कालीन महासचिव बान कि मुनले नेपालको भ्रमण गरेका थिए ।
गुटेरसको भ्रमण शान्ति प्रक्रिया टुङ्ग्याउन अर्थपूर्ण हुने विश्वा गरिएको छ ।
Leave a Reply