Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रचण्ड नेतृत्वको सरकार कांग्रेसले छाड्नु पर्छ, मुलुक बर्बाद हुन थाल्यो : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकार कांग्रेसले छाड्नुपर्ने बताएका छन् ।

बुधबार कपिलवस्तुको तौलिहवामा आयोजित नेपाली कांग्रेस कपिलवस्तुको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै नेता कोइरालाले यस्तो बताएका हुन् ।

उनले प्रचण्डु नेतृत्वको सरकार जति दिन टिक्छ मुलुक त्यतिनै बर्बाद हुने बताए । नेता कोइरालाले वर्तमान सरकार तत्काल सच्चिनुपर्ने नभए कांग्रेसले सरकार छाड्नुपर्ने धारणा राखे ।

उनले अब दुई वटा विकल्पमात्र भएको भन्दै कांग्रेस नेतृत्वमा सरकार बन्नु अपरिहार्य भएको जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077