Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • अमेरिकी डीभी चिठ्ठाको आवेदन आज रातिदेखि खुल्दै, कसरी भर्ने ?

    अमेरिकी डीभी चिठ्ठाको आवेदन आज रातिदेखि खुल्दै, कसरी भर्ने ?

    अनलाइन नेपाल
  • बुधबार, १७ असोज २०८०
  • 4.2K
    SHARES

    काठमाडौं । सन् २०२५ को डिभी कार्यक्रमको लागि आजदेखि आवेदन खुल्ने भएको छ । नेपाली समयअनुसार राति ९ बजेर ४५ मिनेटदेखि आवेदन लिन सुरु गरिने काठमाडौंस्थित अमेरिकी दूतावासले जानकारी दिएको छ ।

    डिभीको लागि आवेदन कात्तिक २१ गते राति १०ः४५ बजेसम्म दिन सकिनेछ।



    डिभी भर्नका लागि कुनै पनस शुल्क नलाग्ने पनि दूतावासले जनाएको छ। यसका लागि कुनै पनि कन्सल्टेन्टको पनि आवश्यक नपर्ने र सहयोग नलिन पनि सुझाव दिएको छ।



    कार्यक्रमका लागि दर्ता गर्ने अवधिमा https://dvprogram.state.gov/ मा गई इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ई-डि.भी.) आवेदन फारम भर्नु पर्ने हुन्छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार