Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

फतुवा विजयपुर नगरपालिका मेयर यादव भ्रष्टाचार मुद्दामा दोषी ठहर

रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिका मेयर गोपाल राय यादव भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएका छन् ।

लालबकैया नदीको ठेक्कासम्बन्धी मुद्दामा विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल र सदस्य खुशीप्रसाद थारुको संयुक्त इजलासले मेयर यादवसहित २१ जनालाई दोषी ठहर गरेको हो ।

मेयर यादवका सम्बन्धमा सजाय निर्धारण असोज २४ गते गरिने छ । मुद्दामा मेयर गोपाल यादव, तत्कालीन उपमेयर कान्तीदेवी, तत्कालीन वडाअध्यक्षहरु भविछन राय, सञ्जयप्रसाद शेख, एजाज अहमद, दीपनारायण साह, उमाशंकर साह कलवार, हिरा राय यादव, योगेन्द्र चौधरी, ज्ञानेन्द्र चौधरीलाई विपक्षी बनाइएको थियो ।

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सागरकुमार रोक्का, निमित्त प्रमुख प्रशासकिय अधिकृत गोकुल ढुंगेल र निमित्त प्रमुख प्रशासकीय अधिकृत रञ्जना साहविरुद्ध पनि मुद्दा दायर गरेको थियो ।

गुजरा नगरपालिका र फतुवा विजयपुर नगरपालिकास्थित लालबकैया नदीको ठेक्का गैर कानुनी रुपमा रद्द गरी नगरपालिकालाई नोक्सानी पुर्‍याएको आरोप उनीहरुमाथि लागेको थियो ।

लालबकैया नदीको आन्तरिक आय व्यवस्थापन सम्बन्धमा जिल्ला समन्वय समितिमा २०७५ पुस १५ मा भएको ठेक्का सम्बन्धी निर्णय कार्यान्वयन नगराएको र वोलपत्रदाताको धरौटी जफत नगरेर राजस्व मात्रै संकलन गर्ने कार्य गरेको अख्तियारको दाबी थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077