काठमाडौं । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र अष्ट्रेलियाका सभामुख मिल्टन डिकबीच भेटवार्ता भएको छ।
नेपाल भ्रमणमा रहेका अष्ट्रेलियाका सभामुख मिल्टनले बुधबार राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनासँग भेटवार्ता गरेका हुन्।
भेटवार्तामा अध्यक्ष तिमिल्सिनाले दुई देशबीच मित्रवत सम्बन्ध थप उचाइमा पुग्ने विश्वास लिइएको बताए।
अध्यक्ष तिमिल्सिनाले अष्ट्रेलियामा ६० हजारभन्दा बढी नेपाली विद्यार्थी अध्ययनरत रहेको र १ लाख २२ हजारभन्दा धेरै नेपाली बसोबास गर्दै आएको पनि बताएका थिए।
भेटवार्तामा अष्ट्रेलियाका सभामुख मिल्टनले नेपालका विभिन्न प्रदेशका सभामुख र उपसभामुख संघीयताको अभ्यास र अनुभव अध्ययन गर्न अष्ट्रेलिया आउन लागेकोमा खुसी लागेको बताएका थिए।
Leave a Reply