Online Nepal
  • बुधबार, १७ पुष २०८१
  • बाँके प्रशासनले भन्यो – धार्मिक तथा सामाजिक सद्भावमा खलल पुग्ने काम नगर्नू

    बाँके प्रशासनले भन्यो – धार्मिक तथा सामाजिक सद्भावमा खलल पुग्ने काम नगर्नू

    अनलाइन नेपाल
  • बुधबार, १७ असोज २०८०
  • 1.8K
    SHARES

    बाँके। जिल्ला प्रशासन कार्यालय बाँकेले धार्मिक तथा सामाजिक सद्भावमा खलल पुग्ने काम नगर्न चेतावनी दिएको छ ।

    बुधबार दिउँसो विज्ञप्ति जारी गर्दै प्रशासनले सामाजिक सञ्जाल र कुनै पनि माध्यमबाट त्यस्ता सामग्री प्रकाशन नगर्न अनुरोध गरेको हो ।



    प्रशासनले नेपालगञ्‍जको नगर क्षेत्रमा लगाएको कर्फ्यु यथावत राख्ने जनाएको छ । यसका साथै प्रशासनले धार्मिक तथा सामाजिक सद्भावमा खलल पुग्ने काम नगर्न सबैमा अनुरोध गरेको छ ।



    विज्ञप्तिमा भनिएको छ,‘नेपालगञ्जमा धार्मिक तथा सामाजिक सद्भावमा खलल पुग्ने गरी सामाजिक सञ्जाल तथा अन्य माध्यममा कुनै पनि किसिमको लेखेर, बोलेर र श्रव्यदृश्य जस्ता संचार सामग्रीहरु प्रचार नगर्न नगराउन पुनस् अनुरोध गर्दै त्यस्ता गतिविधि गरे गराएको पाइएमा प्रचलित कानून बमोजिम कडा कारबाही गरिनेछ।’

    साथै प्रशासनले बाँकेमा सामाजिक र धार्मिक सद्भाव कायम राख्न सहयोग गर्न धार्मिक अगुवा, नागरिक समाज, सञ्चारकर्मीलगायत नागरिकलाई अनुरोध गरेको छ ।

    बाँकेको नेपालगञ्जमा हिन्दु र मुस्लिम समुदायबीच तनाव बढ्ने संकेत देखिएपछि मंगलबार दिउँसो १ बजेदेखि कर्फ्यु जारी गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार