अछाम । नेकपा माओवादी केन्द्रका सचिव डिलाराम आचार्य अस्वस्थ भएका छन्।
विशेष रूपान्तरण अभियान अन्तर्गत अछामको समीक्षा बैठकमा सहभागी हुन पुगेका सुदूरपश्चिम इन्चार्ज रहेका आचार्य अस्वस्थ भएका हुन् ।
साँफेबगर पुगेका उनी बुधबार बिहान एक्कासी अस्वस्थ भएका थिए ।
एकाएक बोली बन्द हुनुका साथै शरीरको दाहिने भागमा प्यारालाइसिस भएपछि उनलाई नेपाली सेनाको हेलिकप्टरबाट नेपालगञ्ज ल्याइएको थियो ।
नेपालगन्ज मेडिकल कलेजमा उनको उपचार सुरु भएको छ ।