Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बझाङ भूकम्प [अपडेट] : एक महिलाको मृत्यु, १५ जना घाइते

बझाङ । बझाङमा भूकम्पपछि आएको पहिरोमा परी एक महिलाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार जिल्लाको जयपृथ्वी नगरपालिका ११ स्थित मयानास्थित ओखलकी करिब ४० वर्षीया गुनमति धामीको मृत्यु भएको हो ।

टिमुर टिप्न गएका बेला ढुंगा खसेर टाउकोमा चोट लाग्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै भूकम्पबाट घाइते हुनेको संख्या १५ पुगेको छ । यस्तै भूकम्पपछि गएको सुख्खा पहिरोका कारण जयपृथ्वी राजमार्गअवरुद्ध भएको छ ।

बझाङ सदरमुकाम चैनपुर आसपास केन्द्रविन्दु बनाएर दिउँसो ०३ बजेर ०६ मिनेटमा भूकम्प ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077