धनगढी । बझाङलाई लगातार केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का महशुस भएको छ ।
बझाङ केन्द्र भएर मंगलबार दिउँसो दुई पटक भूकम्प गएपछि गर्भवती महिलालाई अस्पताल भवन बाहिरै सुत्केरी गराइएको छ।
जिल्ला अस्पताल बझाङको प्राङ्गणमा एक महिलाको सुत्केरी गराइएको हो।
२ बजेर ४० मिनेटमा बझाङको तिलकोट केन्द्रविन्दु बनाएर ५.३ म्याग्नेच्युड र ३ बजेर ६ मिनेटमा बझाङको चैनपुर केन्द्रविन्दु बनाएर ६.३ म्याग्नेच्युडको भूकम्प गएको थियो।
भूकम्पबाट घर तथा विद्यालयहरूमा क्षति पुगेको छ।
Leave a Reply