Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रिगललाई आम माफी दिने राष्ट्रपतिको निर्णयविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । संविधान दिवसका अवसरमा व्यक्ति हत्याका आरोपी योगराज ढकाल 'रिगल'लाई राष्ट्रपतिबाट आममाफी दिने निर्णयविरुद्ध पीडित परिवार अदालत पुगेको छ।

श्रीमान् चेतन मानन्धरका हत्यारा रिगललाई आममाफी दिने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयविरुद्ध भारती मानन्धरले सर्वोच्च अदालतमा रिट दायर गरेकी हुन् ।

सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले रिगलको कैद सजाय मिनाहा गरिदिएका थिए। राष्ट्रपति पौडेलले दिएको माफी गैरकानुनी भएकाले उक्त निर्णय बदर गरी अभियुक्तलाई थुनामा राख्नुपर्ने अन्तरिम आदेश माग गर्दै चेतनकी पत्नी भारतीले असोज १४ गते रिट दायर गरेकी थिइन्।

भारतीले दायर गरेको रिट केही दिनअघि दर्ता भएपनि प्रारम्भिक सुनुवाइ हुन बाँकी छ । ढकालको खुकुरी प्रहारबाट २०७२ असाार २९ चेतन मानन्धरको मृत्यु भएको थियो। घटनापछि भागेर भारत लुकेका उनलाई प्रहरीले पक्राउ गरेर नेपाल ल्याइ मुद्दा दायर गरेको थियो।

जिल्ला अदालतल बाँकेले उनलाई दोषी ठहर गरेको थियो। अदालतको फैसला अनुसार उनी सजाय काटिरहेका थिए। सर्वस्वसहित जन्मकैद पाएका तरुण दलका नेता रिगललाई संविधान दिवसका अवसरमा असोज ३ गते आममाफी दिइएपछि उनी गाडीको लावालस्करसहित कारागारबाट निस्किएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077