Online Nepal
  • आइतबार, ७ पुष २०८१
  • उपप्रधानमन्त्री श्रेष्ठ र एमसीसीकी निर्देशक अल्ब्राइटबीच भेटवार्ता

    उपप्रधानमन्त्री श्रेष्ठ र एमसीसीकी निर्देशक अल्ब्राइटबीच भेटवार्ता

    अनलाइन नेपाल
  • मंगलबार, १६ असोज २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अमेरिकाका अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलिस अलब्राइटबीच भेटवार्ता भएको छ ।

    उनीहरुबीच मंगलबार गृह मन्त्रालयमा शिष्टाचार भेट भएको हो । भेटमा उपप्रधानमन्त्री श्रेष्ठले सरकार जनताको आर्थिक(सामाजिक विकासको ऐतिहासिक जिम्मेवारी पूरा गर्ने काममा केन्द्रित रहेको र एमसीसी जस्ता परियोजनाको सफल कार्यान्वयनले योगदान दिने विश्वास व्यक्त गरे।



    नेपालको संसदले नै एमसीसी परियोजना पारित गरेकोले यसको कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको श्रेष्ठले बताए। परियोजनाको लागि जग्गा अधिग्रहण गर्ने र समग्र सुरक्षाको प्रत्याभूति गराउने काममा गृह मन्त्रालय लागेको समेत उनको भनाई छ।



    सीईओ अल्ब्राइटले पाँच वर्षमा एमसीसी परियोजना सक्नैपर्ने भएकोले यसको कार्यान्वयनमा नेपाल सरकार र सरोकारवाला सबै पक्ष प्रतिबद्ध भएर लागेकोमा खुशी व्यक्त गरिन्।

    एमसीसी कार्यान्वयनको जिम्मेवारी एमसीए नेपालको रहेको र यो नेपाल सरकारअन्तर्गतको संरचना रहेको उनको भनाई छ। परियोजनाको समयभित्रै सफल कार्यान्वयनका लागि आफूहरू नेपाल सरकारका सरोकारवाला निकायहरूसँग निरन्तर समन्वयमा रहेकोसमेत अल्ब्राइटले बताइन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार