काठमाडौं । विवेकशील साझा पार्टीको कोशी प्रदेश अध्यक्षमा सुदन श्रेष्ठ विजयी भएका छन् ।
ईटहरीमा सम्पन्न पार्टीको प्रदेश अधिवेशनले श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो ।
उपाध्यक्षमा हेमन्त भट्टराई, सचिवमा चिरञ्जीवी रेग्मी र कोषाध्यक्षमा अम्बिका चापागाँई सुवेदीलाई निर्वाचित गरिएको छ ।
यस्तै श्रेष्ठ नेतृत्वको समितिमा इन्द्रनारायण साह, टंक फुयल, कमल कार्की ढोली, सन्ध्या दाहाल, भुवन थापा ,मनोज विश्वकर्मा, रुपेश मास्के र काशीनाथ सिग्देल प्रदेश सदस्यमा चयन भएका छन् ।
Leave a Reply