Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

२५ हजार घुस लिँदै गरेको अवस्थामा सबईन्जिनियर पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिँदै गरेको अवस्थामा सबईन्जिनियरलाई पक्राउ गरेको छ ।

आयोगको कार्यालयबाट खटिएको टोलीले चन्द्रागिरी नगरपालिका १४ नम्बर वडा कार्यालयमा कार्यरत असिस्टेन्ट सब–ईन्जिनियर बिजयालक्ष्मी पन्तलाई २५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो ।

उनले घर निर्माण गरिसकेको प्रमाणपत्र उपलब्ध गराएबापत घुस लिएको आरोप छ ।

पन्तलाई घुस रकमसहित चन्द्रागिरी नगरपालिकाकै वडा नम्बर ११ सतुङ्गलस्थित माई फुड डेरी खाजा पसलबाट नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ । उनीमाथि अख्तियारले थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077