Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सत्तारुढ दलका नेताहरू भ्रष्टाचारका हिमायती हुन्, आफैँ जेल जान्छन् : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्तारुढ दलका नेताहरू आफैँ जेल जाने दाबी गरेका छन् ।

पार्टीको गण्डकी प्रदेश कमिटिको प्रथम अधिवेशनलाई सोमबार पोखरामा उद्घाटन गर्दै उनले यस्तो दाबी गरेका हुन् ।

सरकारले एकपछि अर्को भ्रष्टाचारको काण्ड छानबिन गर्ने बताइरहेका बेला उनले सत्तारुढ दलका नेताहरूको शासकीय चरित्रनै भ्रष्टाचार आएको आरोप लगाउँदै उनीहरूनै जेल जाने जिकिर गरे ।

उनले एमाले सधैँ सुशासनको पक्षमा रहेको दाबी समेत गरे । महासचिव पोखरेलले सत्तारुढ गठबन्धनका नेताहरू भ्रष्टाचारका हिमायती रहेको बताए ।

उनले पार्टी अध्यक्ष केपी ओली नेतृत्वको सरकारले मुलुकमा विकास र समृद्धिको लहर ल्याएको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077