Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पूर्वराजा ज्ञानेन्द्रलक्षित झलनाथको टिप्पणी - मन्दिर धाएर राजतन्त्र फर्किंदैन

राजविराज । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले राजतन्त्र फर्किने सम्भावना नभएको दाबी गरेका छन् ।

इटहरीमा आयोजित समाजवादी जागरण अभियानलाई सम्बोधन गर्दै सम्मानित नेता खनालले यस्तो बताएका हुन् ।

पूर्वराजा ज्ञानेन्द्र शाहको पछिल्लो सक्रियताबाट आत्तिनुपर्ने कुनै कारण नभएको नेता खनालको भनाई छ ।

सम्मानित नेता खनालले भने, ‘हिजो हामी सामन्तीहरुका विरुद्ध लडिरहेका थियौं । अहिले त्यो नेपालमा छैन । सामन्तवाद इतिहास बनिसक्यो । राजतन्त्र अब इतिहासको वस्तु बनिसक्यो । अब राजतन्त्रको नाममा हिजोका ती महलमा बस्नेहरुले मन्दिर मन्दिरमा गएर मान्छेहरुलाई जुन प्रकाशले फास दिन खोजिरहेका छन् । अब राजतन्त्र यो देशमा कहिल्यै फर्किनेवाला छैन । त्यसैले त्यस्ता गतिविधिमा हामी आत्तिनुपर्ने छैन ।’

अहिले दलाल पूँजीपतिहरुले देशको अर्थतन्त्रलाई आफ्नो पञ्जामा लिन खोजिरहेको टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077