Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमाले महासचिव पोखरेलले भने - मुलुकको आर्थिक अवस्था चौतर्फी संकटमा परेको छ

पोखरा । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकको आर्थिक अवस्था चौतर्फी संकटमा परेको बताएका छन् ।

पोखरामा सुरु भएको एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् ।

महासचिव पोखरेलले एयरपोर्टमा तस्करीको सुन समातिदा सत्तापक्षका नेताहरुको अनुहार उदांगिने गरेको बताए।

महासचिव पोखरेलले भने,‘एयरपोर्टमा जतिवेला सुन समातिने गर्दछ । सत्तापक्षका नेताहरुका अनुहारहरु उदांगिने गर्दछन्। हरेक घटनालाई छानबिन गर,अन्त्यमा जेल जाने भनेको सत्ताको नेतृत्व गरेका गठबन्धनका नेताहरु नै हो ।’

महासचिव पोखरेलले मुलुकको आर्थिक अवस्था चौतर्फी संकटमा परेपनि सत्ताका वरिपरि बस्नेहरुले रातारात अर्बौअरब कमाउने गरिरहेको बताए ।

उनले गठबन्धन सरकार जनताको सरकार नभएर दलाल नोकरशाहीको सरकार भएकाले सरकारले नै अवैध अर्थतन्त्रलाई प्रोत्साहित गरिरहेको बताए ।

नेकपा एमाले सुशासनको पक्ष र भ्रष्टाचारको विपक्षमा रहेको भन्दै गठबन्धनका नेताहरु भ्रष्टाचारका हिमायती रहेको पोखरेलको दाबी छ ।

महासचिव पोखरेलले वर्तमान सरकारले भ्रष्टाचार विरोधी अभियानका नाममा नौटंकी देखाइरहेको टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077