Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एक वर्षमा अख्तियारमा भ्रष्टाचार सम्बन्धी २० हजार नयाँ उजुरी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वार्षिक प्रतिवेदन पेश गरेको छ । अख्तियारमा भ्रष्टाचार सम्बन्धित २० हजार नयाँ उजुरी परेका छन्।

अख्तियारले राष्ट्रपतिलाई बुझाएको बार्षिक प्रतिवेदनअनुसार आब २०७९/०८० मा २० हजार ९०५ वटा उजुरी आएका थिए ।

अघिल्लो वर्षबाट सरेको ७ हजार १६२ उजुरी पनि थियो ।एक वर्षमा १८ हजार ७७९ वटा उजुरीको प्रारम्भिक छानबिन गरिएको अख्तियारले जनाएको छ ।

अख्तियारका प्रवक्ता भोला दाहालले भने,‘जसमध्ये ११३३ वटा उजुरी उपर विस्तृत अनुसन्धान गरिएको, ७ हजार ८६९ उजुरी तामेली गरिएको, १५२ उजुरी उपर सुझाव दिई तामेली थरिएको र ९ हजार ६४५ उजुरी उपर कानुन बमोजिम अन्य आवश्यक कारबाहीका लागि लेखी पठाइएको छ।’

उनका अनुसार विस्तृत अनुसन्धान भएका उजुरीमध्ये पनि ८७८ वटा तामेलीमा राखिएको छ । १६२ वटामा उजुरीमा मुद्धा दायर भएको छ भने ६३ वटा सम्वद्ध निकायलाई सुझाव दिइएको, २३ वटा मुल्तबीमा राखिएको र २९ वटा अन्य निर्णय भएको छ ।

कूल उजुरीमध्ये स्थानीय तहसँग सम्बन्धित उजुरीहरु ३५ दशमलव ९५ प्रतिशत रहेको अख्तियारले जनाएको छ। त्यसपछि धेरै शिक्षा क्षेत्रका छन्।

शिक्षा क्षेत्रमा पनि स्थानीय तहका नै धेरै रहेका छन्। शिक्षा सम्बन्धी उजुरीहरु १४ दशमलव ५५ प्रतिशत रहेको अख्तियारको प्रतिवेदनमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077