Online Nepal
  • आइतबार, ७ पुष २०८१
  • भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गर्दा सरकारमाथि आक्रमण भइरहेको छ : गृहमन्त्री श्रेष्ठ

    भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गर्दा सरकारमाथि आक्रमण भइरहेको छ : गृहमन्त्री श्रेष्ठ

    अनलाइन नेपाल
  • सोमबार, १५ असोज २०८०
  • 1.4K
    SHARES

    मकवानपुर । गृहमन्त्री नारायणकाजी श्रेष्ठले रकारको सुशासन अभियानविरुद्ध संगठित आक्रमण भइरहेको बताएका छन् ।

    हेटौंडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । गृहमन्त्री श्रेष्ठले सरकारले सञ्चालन गरेको सुशासन अभियानविरुद्ध संगठित शक्ति आक्रामक ढंगले प्रस्तुत भइरहेको आरोप लगाए।



    गृहमन्त्री श्रेष्ठले तस्कर तथा भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गर्दा त्यसका संरक्षणकर्ताद्वारा सरकारमाथि आक्रमक रुपमा प्रहार भइरहेको बताए।



    गृहमन्त्री श्रेष्ठले भने,‘गृहमन्त्रीको निरन्तरता र भ्रष्टाचारको निरन्तरता तैं चुप मैं चुपको यथास्थिति कायम हुन सक्दैन। सरकारमा पनि रहने र तैं चुप र मैं चुप गरेर खाली सरकार मात्र चलाइरहने धन्दा हामी गर्दैनौं।’

    उनले वर्तमान सरकारको सुशासनको अभियानबाट जनतामा आशा र विश्वास बढिरहेको दाबी गरे । सुशासन र भ्रष्टाचारविरुद्धको अभियानलाई जारी राख्ने गृहमन्त्री श्रेष्ठको भनाई छ ।

    उनले सरकारले सुशासन अभियानअन्तर्गत ललिता निवास, मिटरब्याज, भुटानी शरणार्थी, सुन तस्करी, भ्रष्टाचारका विभिन्न घटनाको छानबिन भइरहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार