काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले सेयर बजारलाई स्वस्थकर बनाउनुपर्ने बताएका छन् ।
विश्व लगानी कर्ता सप्ताह २०२३ उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले यस्तो बताएका हुन् ।
अर्थमन्त्री महतले लगानी कर्ताको लगानी सुरक्षित गर्नुपर्ने कुरा सबैभन्दा चुनौती र जरुरी रहेको बताए।
उनले अहिले शेयर मार्केट तल झर्नुमा रेगुलेशन र माइक्रो म्यानेजमेण्टका केही समस्याहरू रहेको बताए ।
अर्थमन्त्री महतले बिस्तारै सेयर बजार बढ्दै जाने दाबी गरे ।
Leave a Reply