Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

'रिगल'लाई आममाफी दिएको विषयमा ध्यानाकर्षण गराउन राष्ट्रपति कार्यालय पुगे रवि

काठमाडौं । संविधान दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी दिएको विषयमा ध्यानाकर्षण गराउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) राष्ट्रपति कार्यालय पुगेको छ ।

दिनदहाडै मानिसको हत्या गरेको कसुरमा जन्मकैदको सजाय काटिरहेका योगराज ढकाल 'रिगल'लाई आममाफी दिएको विषयमा ध्यानाकर्षण गराउन रास्वपाका सभापति रवि लामिछानेसहित नेताहरू राष्ट्रपति कार्यालय पुगेका हुन्।

ध्यानाकर्षण गराउन सभापति लामिछानेसहित महामन्त्री मुकुल ढकाल, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी, केन्द्रीय सदस्य प्रतिभा रावललगायत नेताहरू राष्ट्रपति कार्यालय पुगेका छन् ।

संविधान दिवसको अवसर पारेर व्यक्ति हत्याजस्तो गम्भीर प्रकृतिको सजाय काटिरहेका व्यक्तिलाई उन्मुक्ति दिने परिपाटी अन्त्यका लागि रास्वपाले संकल्प प्रस्तावसमेत दर्ता गर्ने भएको छ।

चेतन मानन्धरको हत्या अभियोगमा सर्वस्वसहित जन्मकैद सजाय पाएका नेपालगन्जका ’रिगल’ भनिने योगराजलाई संविधान दिवसको अवसर पारेर माफी दिइएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077