Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

१६ यात्रु बोकेर पोखराबाट सुर्खेत जाँदै गरेको बस दाङमा दुर्घटना

दाङ । दाङमा यात्रुबहाक बस दुर्घटनामा परेको छ । पोखराबाट सुर्खेत जाँदै गरेको ग१ख ८४८५ नम्बरको बस आज सोमबार बिहान ५ बजे दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार दुर्घटनामा १४ यात्रु घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत लमही ४ बन गाउँको बबइसोता पुलको साइडमा बसर दुर्घटना परेको प्रहरीले जनाएको छ ।

घाइतेहरुको लमही अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले चालकलाई पक्राउ गरेको छ ।

बसमा १६ जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ । बस अनियन्त्रित भइ सडकदेखि १० मिटर तल खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077