Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सिरहाको मिर्चैयामा बस दुर्घटना : दुई जनाको मृत्यु, २३ घाइते

जनकपुरधाम । सिरहाको मर्चैयामा यात्रुवाहक बस दुर्घटनामा परेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने अन्य २३ जना घाइते भएका छन् ।

आइतबार दिउँसो सप्तरी राजविराजबाट जनकपुरतर्फ आउँदै गरेको ना४ख ७१८७ नम्बरको यात्रुबाहक बस स्प्रिङ पट्टा भाँचिएर मिर्चैयाको मारुती सिमेन्ट फैक्ट्री नजिक अनियन्त्रित भई दुर्घटना भएको हो ।

दुर्घटना अन्य २३ यात्रु घाइते भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । दुईजना पुरुषको घटनास्थलमै मृत्यु भएको छ । मृतकको हालसम्म सनाखत हुन सकेको छैन ।

घाइतेहरूको गोलबजारस्थित हस्पिटलहरुमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटना विषयमा प्रहरीले थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077